
काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्तिमार्फत पछिल्लो समय थपिएका सङ्क्रमितमा गम्भीर लक्षण देखिएको हुँदा तत्कालै उपचार आवश्यक पर्ने देखिएकाले भेन्टिलेटरसहितका आईसीयू बेड, जनरल बेड, अक्सिजन र औषधीको मात्रा तत्कालै बढाउन आग्रह गरेको हो ।
संघले सरकारी अस्पतालले धान्न नसक्ने भएकाले निजी अस्पताललाई पनि उपचारमा संलग्न गराउन माग गरेको छ । अत्यन्तै जोखिमपूर्ण अवस्थामा काममा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको जोखिम भत्तामा विभेद नगर्न पनि चिकित्सक संघको माग छ ।
प्रतिक्रिया दिनुहोस