aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ४६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४६४ जना नयाँ संक्रमित थपिएका हुन् ।  

आज थपिएका नयाँ संक्रमित सुर्खेतका १, झापाका २, सुनसरीका १, मोरङका ६४, सप्तरीका १९, धनुषाका ११, सर्लाहीका ५, पर्साका १३८, रौतहटका ५, नवलपरासीका ३, अछामका १, सिन्धुपाल्चोकका १ जना, ललितपुरका १०, काठमाडौँका ९२, नुवाकोटका ८, सर्लाहीका ७, कञ्चनपुरका १, भक्तपुरका ४, बाराका ९, कैलालीका १९, तनहुँका २, गुल्मीका १, बाँकेका २९, वर्दियाका १५, कास्कीका ११, स्याङजाका १, कालिकोटका ४ जनाका संक्रमण पुष्टि भएको हो।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमा १५ हजार ८ १४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस