aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए । 

विराटनगर–९ निवासी मृतक विगत एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडितलाई विराटनगरकै एक निजी अस्पतालले आज पठाएका मृतकको शव व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा. दासले बताए । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस