aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ साउन २०७७
सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

 काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 

सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ ।

त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन । नेपालबाट टोबागो जानुअघि पनि उहाँले पिसिआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । 

सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रोपटक सिपिएल खेल्दै छन । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस