aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

  • एएफपी
    एएफपी
  • शनिबार, २४ साउन २०७७
बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

ढाका । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

“परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,” बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने । 

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस