aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

महामारी र लकडाउनमा कस्तो मानसिक असर पर्योः अध्ययनको रिपोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ साउन २०७७
महामारी र लकडाउनमा कस्तो मानसिक असर पर्योः अध्ययनको रिपोर्ट


एजेन्सी । कोरोना भाइरसले सम्पूर्ण विश्वमा तहसनहस बनाइरहेको छ । कोरोनाले मानिसहरूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि असर गरिरहेको छ। । विश्व नै तहननहस भइरहेका बेलामा थोरै तनाव हुनु स्वाभाविक हो । तर जब यो अधिक हुन्छ, तब यसले हाम्रो सामान्य तालिकामा असर गर्न थाल्छ । यसले मानिसको दैनिक जीवनमा परेको असर परेको असरका बारेमा अध्ययन हुन थालेका छन् । एक नयाँ अध्ययनमा मानसिक तनाव बिस्तारै मानिसमा गम्भीर हुँदै गइरहेका बेलामा कसरी यसलाई मनोवैज्ञानिक तरिकाले व्यवहार गर्न सकिन्छ भनेर अध्ययन गरिएको छ ।

यो अध्ययन अमेरिकी मनोवैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । यस अध्ययनमा पहिले नै कुनै रोगबाट पीडित व्यक्तिहरू करीव ७० बर्ष मानिसहरू कमजोर प्रतिरक्षा प्रणाली र गर्भवती महिलाहरू समावेश थिए । अध्ययनका लेखकहरूले mभमष्ब ८४२ व्यक्तिलाई सोशल मिडिया मार्फत केही प्रश्नहरू सोधेका थिए । यी प्रश्नहरू कोरोना भाइरस र लकडाउनसँग सम्बन्धित थिए ।

प्रश्नहरूको उत्तर दिने मध्ये ८० प्रतिशत महिलाहरू थिए । जसको औसत उमेर ३८ बर्षको आसपास थियो। २२ प्रतिशतले आफ्नो चिन्ता मानसिक अवस्थाको रिपोर्ट गरेका थिए । उनीहरुले मुख्यतया तनाव, डिप्रेसन र मुड बदल्ने जस्ता लक्षणहरू रहेको खुलासा गरेका थिए । तथ्यांक विश्लेषण गरेपछि अनुसन्धानकर्ताहरूले गरेको सर्वेक्षणमा आधारित २५ प्रतिशतले लकडाउनको क्रममा धेरै तनाव र डिप्रेसन भएको अनुभाव गरेको देखाएको थियो । यो तनाव मानसिक र शारीरिक दुबैको कारण थियो ।

डाक्टरहरूले दिएको सबै सल्लाहपछि पनि १५ प्रतिशत मानिसहरू तनावमा थिए ।  तिनीहरू कोरोना भाइरसबाट संक्रमण भइन्छ भन्नेमा त्रसित थिए । स्वास्थ्य अबस्थालाई लिएर वृद्धाहरु बढी तनाव  थिए । जसलाई या त पहिले रोग लागेको थियो वा बुढा बुढी समूहका मानिसहरूमा उदासी पनि पाए । 

कमजोर मानसिक स्वास्थ्य एक हदसम्म व्यक्तिको क्षमतामा निर्भर रहेको थियो । उनीहरुमा एक अनिश्चित अवस्थासँग सामना गर्न तयार रहेको अबस्थामा नरहेको देखिएको उक्त लेखमा छ । वर्तमान अवस्थाका चुनौतिहरू मनोवैज्ञानिक तरीकाले पूरा गर्न सकिने लेखको निष्कर्ष रहेको छ । 

अध्ययनको निष्कर्ष भनेको मनोवैज्ञानिक परामर्शलेमात्रै दिमागमा सकारात्मक प्रभाव पार्छ र व्यक्तिलाई यस्ता परिस्थितिहरूको सामना गर्न मद्दत गर्दछ ।  लेखकहरूले पनि वृद्धा उमेरका  मानसिक स्वास्थ्यलाई ध्यानमा राखी विशेष योजना बनाउने कुरामा जोड दिएका छन् । 

यसभन्दा पहिले पनि धेरै अध्ययनहरूले महामारी, लकडाउन र क्वारिन्टीइनले जनताको दिमागलाई कसरी असर गरिरहेको छ भनेर अध्ययन भएका थिए । चीनमा गरिएको एक अध्ययन अनुसार, कोरोनाको शुरुवातको पहिलो महिनामा करीव २५ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रस्त थिए । हरेक महिनामा लगातार बढिरहेको अबस्थामा देखाएको थियो । 

प्रतिक्रिया दिनुहोस