aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फेसबुकले ल्यायो नयाँ फिचर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
फेसबुकले ल्यायो नयाँ फिचर

सामाजिक सञ्जाल फेसबुकले केही समय पहिला डार्क मोड फिचर ल्याएको थियो । तर त्यो फिचर केही देशमा परीक्षणका लागि भन्दै प्रयोगमा ल्याइएको थियो ।

यो वर्ष मार्चमा यसलाई सबै मेसेन्जर प्रयोगकर्ताका लागि खुल्ला गरिएको थियो, तर केही प्राविधिक समस्याका कारण सबै मेसेन्जर प्रयोग कर्ताले यसको सुविधा पाएका थिएनन् । मेसेन्जरमा आएको डार्क मोड फिचरले प्रयोगकर्तालाई एकदम अलग अनुभव दिने छ ।

पहिला यो फिचर चलाउनका लागि आफ्नो साथजीमध्ये एकलाई चन्द्रमा आकारको इमोजी पठाउन पर्ने थियो र त्यसपछि नोटिफिकेशन आउँथ्यो र डार्क मोड अनलक हुन्थ्यो तर अब भने सबै प्रयोगकर्ताका लागि डार्क मोड उपलव्ध भएको छ ।

फेसबुकले सबैका लागि यो फिचर उपलव्ध गरेको छ । अब यसलाई अनलक गर्नका लागि कुनै खास मेसेज पठाउनुपर्ने जरुरी छैन।

मेसेन्जरमा च्याटका लागि डार्क मोड अन गर्नका लागि ऐपको सेटिङमा जान आवश्यक छ । जहाँ दायाँ तर्फको माथि यसलाई अन गर्ने स्थान दिएको छ । डार्क मोड केबल हेर्दा मात्र राम्रो नभइ आँखाको लागि पनि राम्रो हुने जनाइएको छ ।

लामो समय मेसेन्जरमा रहनेहरुको लागि यो योजना राम्रो रहेको छ । कालो डिस्प्ले भएका कारण स्मार्टफोनको व्याट्री व्याकअप पनि बढ्न जान्छ । यदी डार्क मोड अन गर्ने स्थान देख्नुभएन भने मेसेन्जर एपलाई अपडेट गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस