aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाको जोखिम बढेपछि हाँडीगाउँ अनिश्चितकालका लागि सिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ साउन २०७७
कोरोनाको जोखिम बढेपछि हाँडीगाउँ  अनिश्चितकालका लागि सिल

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ अन्तरगत हाँडीगाउँ कोटाल टोलमा अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । राजधनीमा फैलिदै गएको कोरोना संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि सिल गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक प्रहरी र उनका परिवारलाई कोरोना संक्रमण देखिएपछि वडाले कोटाल टोलका स्थानीयहरुको कोरोना संक्रमण परिक्षण गरेको वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

उक्त परिक्षणमा कोटाल टोलका ११ जना स्थानीयमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि टोल नै सिल गरेको वडा अध्यक्ष डंगोलले बताए । कोभिड १९ को जोखिमबाट जोगाउने सम्बन्धमा आइतबार कोभिड नियन्त्रणका लागि गठित समितिको बैठक बसेर आवश्यक निर्णय लिने अध्यक्ष डंगोलले बताए ।  

प्रतिक्रिया दिनुहोस