aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना खोपको पर्खाइ सकिएको हो ? अगष्ट १२ मा पहिलो खोप दर्ता हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ साउन २०७७
कोरोना खोपको पर्खाइ सकिएको हो ? अगष्ट १२ मा पहिलो खोप दर्ता हुँदै

एजेन्सी । सम्पूर्ण विश्व कोरोना संकटसँग संघर्ष गरिरहेको छ । संकटबाट बाहिर आउन खोपको पर्खिरहेको छन ।  तर, यो प्रतीक्षा अन्त्य हुने खबरहरु बाहिर आइरहेका छन् । रूसले अर्को हप्ता विश्वको पहिलो एटी-कोभिड खोप दर्ता गर्ने योजना बनाएको छ ।  रसियाका उपस्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभका अनुसार रूसले कोरोनोभाइरस विरूद्धको खोप १२ अगस्तमा पहिलो दर्ता गर्नेबताएका छन् । 

रुसको उफा शहरमा क्यान्सर सेन्टर भवनको उद्घाटन गर्ने क्रममा शुक्रबार ओलेग ग्रिडनेभले अहिले यो कोरोना खोप परीक्षणको तेस्रो र अन्तिम चरण चलिरहेको बताएका छन । खोपहरू सुरक्षित हुनपर्ने र स्वास्थ्यकर्मी र र जेष्ठ नागरिकहरुलाई पहिले खोप लगाईने पनि घोषणा गरेका छन् । 

उप स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार जनसंख्याले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बित्तिकै कोरोना खोपको प्रभावकारिता थाहा पाउन सकिने उनले बताए ।  कोरोना खोपको अनुसन्धान संस्थान र रूसी रक्षा मन्त्रालयले संयुक्त रूपमा विकसित गरेको हो । 

कोरोना खोपको मानव परीक्षण १८ जुनदेखि शुरू भएको थियो जसमा ३८ जना समावेश थिए । पहिलो समूह १५  जुलाईमा र दोस्रो समूह २० जुलाईमा डिस्चार्ज भएका थिए ।  डब्ल्यूएचओले रसियाको खोप कार्यक्रमप्रति सतर्क रहेको बताएको छ । जसको बारेमा डब्ल्यूएचओले कुनै आधिकारिक धारणा प्राप्त गरेका छैनन्।

रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले हालै भनेका थिए कि रसियामा विशाल खोप अभियान अक्टोबरमा शुरु हुनेछ । मन्त्रीका अनुसार सबै खर्च राज्यको बजेटबाट हुने छ । रसियाका उप स्वास्थ्य मन्त्रीको भनाइबाट यो स्पष्ट भएका छ कि अब चाडै कोरोना खोप अभियानले मूर्त रुपमा पाउने छ ।  

प्रतिक्रिया दिनुहोस