काठमाडौं । कोभिड जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका बेला पत्रकार विनोदबाबु रिजालले ‘एकान्तबास’ नामक डायरीलाई पुस्तकको रुपमा प्रकाशित गरेका छन् । पत्रकार रिजालले लकडाउन अवधिभर संसारभर र नेपालमा के भयो, के कस्ता उपाय अपनाइयो, आम मानिसको दैनिकी कस्तो रह्यो भन्ने जसता सन्दर्भलाई पत्रकार रिजालले पुस्तकमा लिपिबद्ध गरेका छन् ।
एकान्तवासमा लकडाउको अवधिभर पत्रकार र सर्वसाधारणको दैनिकीलाई नियालेर हेरेका छन् भने लकडाउनलेपारेको प्रभाव र अब आउन सक्ने चुनौतीलाई पनि पुस्तकमा समेटेका छन् ।
रिजालको डायरी कोरोना सम्बन्धी अभिलेखका लागि अत्यन्त महत्वपूर्ण दस्तावेज बन्ने विश्वास आम सर्वसाधारणले लिएृका छन् । २०६० सालदेखि पत्रकाररिता पेशामा आवद्ध रिजाल धादिङ बेनीघाट रोराङ गाउँपालिका जन्मिएका हुन् ।
पत्रकार रिजालले सरकारले लकडाउन गर्नुअघि २०७६ चैत ८ गतेदेखि असार १ गतेसम्मको दैनिक गतिविधि र महत्वपूर्ण घट्नालाई पुस्तकमा उतारेका छन् ।
प्रतिक्रिया दिनुहोस