aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दियो

तनहुँ । व्यासनगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको  नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो हो । 

व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु एवं सङ्घसंस्थामा यस नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय भएअनुरुप बिदा गरिएको शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस