aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष रहेका छन् । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार उनलाई साउन १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएकोमा गएराति मृत्यु भएको हो । उनी डायबिटिजबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस