aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगन्ज । अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीमा नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । 

शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो । 

प्रतिक्रिया दिनुहोस