aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बीएण्डबी अस्पतालले पनि शुरु गर्यो पिसिआर परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
बीएण्डबी अस्पतालले पनि शुरु गर्यो पिसिआर परीक्षण

काठमाडौं । बीएण्डबी अस्पतालमा पनि पिसिआर परीक्षण शुरु गरेको छ । नेपाल सरकारबाट स्वीकृति लिएर अस्पतालले साउन २३ गतेदेखि पिसिआर परीक्षण शुरु गरेको हो । 

अस्पतालले दुर्घटना भई तत्कालै अप्रेशन वा उपचार गराउनुपर्ने बिरामी, प्रसुती सेवाका बिरामी, अन्य सबै प्रकारका सामान्य वा जटिल अप्रेसन गर्नुपर्ने बिरामी तथा लामो समय अस्पताललमा बसेर घर जानुपर्ने बिरामीका लागि यस्तो परीक्षण शुरु गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु तथा अन्य अस्पतालबाट रिफर भई आएका बिरामीहरुका लागि पनि पिसिआर परीक्षण गरिने अस्पतालले जनाएको छ । स्वाब संकलन गरिएको ५ घण्टामै रिपोर्ट दिने गरी सशुल्क पिसिआर परीक्षण सुरु गरिएको अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईले बताए । अस्पतालले अहिले नेपाल सरकारले तोकेको अधिकतम शुल्क अर्थात् ५ हजार ५ सय रुपैयाँ लिएर पिसिआर परीक्षण सुरु गरिएको उनले बताए ।

सुरुमा ५ हजार ५ सय शुल्क लिएर सुरु गरेको भएपनि अस्पतालमा हुने खर्च, परीक्षण गर्न आवश्यक उपकरण आदिको खर्च, कर्मचारीको खर्च आदि हेरी उक्त शुल्क घटाउनसमेत सकिने अस्पतालले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस