aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हवाई उडान भदौ १ गतेबाट पनि नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
हवाई उडान भदौ १ गतेबाट पनि नहुने

काठमाडौं । भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।

कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।

योसँगै सिसिएमसीले यसअघि भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधन समेत १५ दिनका लागि पर सार्न भनेको छ ।

काडठमाडाै उपत्यकासहित देशभर कोभिड–१९ को संक्रमण र जोखिम झन् बढेको भन्दै यसअघि भएको निर्णयमा पुनर्बिचार गर्दै आन्तरिक तथा बाह्य व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको हाे ।


 

प्रतिक्रिया दिनुहोस