
काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया महिला रहेकी छिन् ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबार बेलुकी स्वास्थ्य प्रश्वासमा समस्या आएपछि ती महिलालाई इण्डो अस्पतालमा लगिएको थियो । त्यहाँ ४ घण्टा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि कोरोनाको शंकास्पद बिरामीका रुपमा उनलाई शनिबार गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु हो । मृत्युपछि उनको स्वाब संकलन गरी पीसीआर जाँचका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा आइतबार राति पिसीआर रिपोर्ट पोजेटिभ आएको हो।
प्रतिक्रिया दिनुहोस