aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

६४ वर्षीय पुरुषको कोरोनाका कारण मेडिसिटीमा मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
६४ वर्षीय पुरुषको कोरोनाका कारण मेडिसिटीमा मृत्यु

काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ । निमोनिया र मधुमेहको  रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । 

आज सोमबार बिहान ६ बजे उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका जानकारी दिएका छन् । मृतक कीर्तिपुर ट्याङ्ला फाँटका हुन् ।
 

प्रतिक्रिया दिनुहोस