aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोनाको खोप बनेपछि पनि मोटोपन भएका मानिसहरुको चिन्ता उस्तै हुने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
कोरोनाको खोप बनेपछि पनि मोटोपन भएका मानिसहरुको चिन्ता उस्तै हुने !

एजेन्सी । कोरोना भाइरस देखापरेपछि धेरै अध्ययनहरु भएका छन् । केहि  अध्ययनहरूले मोटो व्यक्तिहरूमा कोरोना भाइरसको जोखिम बढी हुने देखाएका छन् । अझै केही स्वास्थ्य विशेषज्ञहरूले मोटोपना सम्बन्धी केही चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना भाइरस खोपलेलमोटो मानिसहरूमा प्रभाव नपार्ने तथ्य फेला परेपछि उनीहरुमा कोरोनाको संक्रमण जोखिममा रहनेछन् ।

पहिलेका धेरै अध्ययनहरूले पत्ता लगाए कि इन्फ्लूएन्जा र हेपेटाइटिस बी खोपले मोटोपन भएका मानिसमा कम प्रभाव पर्ने तथ्यहरु बाहिर आएका थिए । जसको कारण तिनीहरू चाडै बिरामी हुन्छन् र उनीहरुले धेरै समस्याहरूको सामना गर्नुपर्दछ । मे २०१७ मा गरिएको एक अध्ययन अनुसार हेपाटाइटिस खोपका कारण मोटोपन भएका मानिसहरूमा बनेको एन्टबडीहरू पातलो व्यक्तिहरूको तुलनामा उल्लेखनीय रूपमा कम भएका थियो ।

बर्मिघममा अलावा विश्वविद्यालयका जीव रसायन प्राध्यापक डा. चाड पेटिटले डेली मेल अखबारमा उनले भनेका छन “यो कोरोना भाइरस खोप मोटोपन भएका मानिसहरूमा काम गर्ने छैन भन्ने होइन, तर मोटोपना व्यक्तिमा यो कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न हो । अर्को शब्दहरुमा, यो खोप मोटोपन भएका मानिसहरुमा काम गर्दछ तर त्यति प्रभावकारी हुने छैन । 

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रका अनुसार  अमेरिकामा ४२ प्रतिशत युवाहरुको मोटोपनका साथै बच्चाहरूको संख्या १८.५ प्रतिशत छ । मोटोपनाका कारण मधुमेह, स्ट्रोक, हार्ट अट्याक र केही क्यान्सरका लागि खतरनाक मानिन्छ । अमेरिकामा देखिएको मोटोपनका मानिसहरुको संख्यालाई लिएर विज्ञहरूले चेताउनी दिएका छन् । 

बढी वजन भएका मान्छेको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । मोटोपनाका कारण, तिनीहरूको प्रतिरक्षा प्रणालीमा सुन्निएको छ जुन शरीरले भाइरससँग ठीकसँग लड्न सक्षम सक्दैन । भेण्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरका संक्रामक रोगहरूका प्राध्यापक डाक्टर विलियम शेफनरका अनुसार, मोटोपना भएका व्यक्तिहरूका लागि खोपको इन्जेक्शनको आकारले ठूलो महत्व राख्ने छ । सामान्यतया १ ईन्च सुई खोपमा प्रयोग गरिन्छ । जुन धेरै मोटोपन भएका मानिसहरूका लागि प्रभावकारी हुँदैन । धेरै मोटो शरीर भएका मानिसलाई लामो सुईको आवश्यक पर्छ । 

डाक्टर शेफनरले भने, ’डाक्टरहरू सुईको लम्बाइकाबारे एकदम सावधान हुनुपर्छ । यदि तपाईं इन्ट्रामस्क्युलर ईन्जेक्शन दिइरहनुभएको छ भने, त्यसो भए खोप मांसपेशीहरूमा पुग्नु पर्छ ।  मानिसहरूले आम फ्लूको पनि खोप लिनु पर्छ । 
 

प्रतिक्रिया दिनुहोस