aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा ३३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३३८ जना नयाँ संक्रमित थपिएका हुन् ।  

नयाँ संक्रमित हुनेमा काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जना, झापाका १ जना, खोटाङका २ जना र मोरंगका १४ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, धनुषाका १३, महोत्तरीका ३, बाराका १, पर्साका २१ जना, काठमाडौंका ३६, ललितपुरका ४, नुवाकोटका ३, रौतहटका ३१ जना, सर्लाहीका २१ जना, सिन्धुपाल्चोकका १ जना, बाराका २ जना, मकवानपुरका २३ जना, सिन्धुलीका ६ जना, अछामका १ जना, अर्घाखाँचीका १ जना, बाग्लुंगका १ जना, बाँकेका ६३ जनामा कोरोना पुष्टि भएको छ। बर्दियाका २, भक्तपुरका ४, चितवनका १, दांगका ५, गोरखाका ३, कपिलवस्तुका ११, पाल्पाका १, रामेछाप १ र पर्सा १ जनामा पनि कोरोना भेटिएको छ। यस्तै, स्याङ्जाका १, तनहुँका २, नवलपरासी पूर्वका २ जना, प्यूठानका १५, रुपन्देहीका १, कैलालीका ७, सल्यानका ७, रोल्पाका १, र सुर्खेतका १ जनामा पनि कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार दैलेखका १७ जना र बैतडी र बझाङका १÷१ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस