
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मृत्यु भएको बताएका हुन् । उनको मेडिकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, कोरोना भाइरसका कारण काठमाडौंको किर्तिपुर नगरपालिका टया्ङलाफाट बस्ने ६४ वर्षिया पुरुषको पनि आज विहान मृत्यु भएको थियो ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस