aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

किष्ट अस्पतालमा कारोना संक्रमित ५० वर्षीय महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
किष्ट अस्पतालमा कारोना संक्रमित ५० वर्षीय महिलाको मृत्यु


काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । आजै स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।

काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको थियो । 
 

यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए ।  २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् ।  यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस