
काठमाडौं । नेपालमा ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त भएका छन् भने कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस