
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना संक्रमण नेपालमा पहिलो पटक उच्च अधिकारीलाई देखिएको हो ।
मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जानकारी दिएको छ । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।
अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए छ । तर, उनीहरूको रिपोर्ट भने आइसकेको छैन । घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ । उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस