aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विजनेश पार्कमा छिर्यो कोरोना, ५ जनालाई देखियो संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
विजनेश पार्कमा छिर्यो कोरोना, ५ जनालाई देखियो संक्रमण

काठमाडौं । काठमाडौंको थापाथलीस्थित विजनेश पार्कमा कोरोना संक्रमण देखिएको छ । विभिन्न आधा दर्जनभन्दा बढी कम्पनीहरू रहेको उक्त पार्कमा ५ जनालाई कोरोना देखिएको हो । उक्त पार्कमा नेपाल रि–इन्स्योरेन्स, कान्तिपुर पब्लिकेशन, ग्लोबल आईएमई बैंक, रिद्धि–सिद्धि सिमेन्ट, पिलेट दाना तथा अभिवक्ता शम्भु थापा र बालकृष्ण न्यौपानेको कार्यालय रहेको छ । 

नेपाल रि–इन्स्योरेन्स, रिद्धि–सिद्धि सिमेन्टलगायतका कम्पनीका कर्मचारीलाई कोभिड संक्रमण देखिएको हो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड बढ्दै जाँदा विजनेश पार्कमा कोरोना संक्रमण भएको हो । 

पार्क सञ्चालकले गत २५ गते सूचना नै टाँसेर एक साताका लागि बाहिरबाट कोही मान्छेलाई आउँन नदिनु तथा नबोलाउनु भनेको छ । 

प्रतिक्रिया दिनुहोस