aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण थप ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
कोरोनाका कारण थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालहरुमा थप ४ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय पुरुष, जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरी, ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी २८ वर्षीया महिला र कपिलवस्तुका ४२ वर्षिया पुरुष रहेका छन् ।  

मृतकहरुको संख्या स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।   

प्रतिक्रिया दिनुहोस