aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अमेरिकी विश्वविद्यालयको अनौठो सुझाव– सेक्स गर्दा मास्क लगाउनु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
अमेरिकी विश्वविद्यालयको अनौठो सुझाव– सेक्स गर्दा मास्क लगाउनु

एजेन्सी । धेरै अमेरिकन विश्व विद्यालयहरुलाई आरोप लाग्ने गरेको छ – यिनीहरु  मार्क्सवादीहरु उत्पादन गर्छन् । कम्यूनिष्ट जन्माउने कारखाना हुन् ।  तर, जर्जिया विश्व विद्यालयले भने एउटा अनौठो स्वास्थ्य सम्बनिध सल्लाह दिएर सो आरोप खण्डन गरेको छ । 

विश्व विद्यालयले केहिदिन अघि विश्व विद्यालयको स्वास्थ्य केन्द्रको वेवसाइडमा ‘कोभिड १९ सम्बन्धी सूचना’ प्रकाशित गर्यो । जसमा सेक्सको समयमा अनुहारमा मास्क लगाउन सुझाव दिइएको थियो । सो सूचनामा लेखिएको थियो, ‘ सेक्सको समयमा लामो र छिटो छिटो स्वास फेर्ने गर्दा कोरोना भाइरसको फैलावट बढ्न सक्छ जसलाई मास्क लगाएर कम गर्न सकिन्छ । 

त्यो वेवसाइडमा मानिसहरुलाई ‘सोलो सेक्स’ का लागि प्रोत्साहित गरिएको छ । यसको व्याख्या गर्नेहरुले विश्वविद्यालयले सायद हस्तमैथुन गर्न भनेको हुनुपर्छ भनेर व्याख्या गरेका छन् । 

त्यसैगरि, सो सूचनामा आफ्ना सबैभन्दा सुरक्षित यौन साथिसँग मात्र सहवास गर्न समेत सुझाव दिएको छ । 

त्यहाँ उल्लेख गरिएको अर्को रोचक कुरा त यो छ की, मानिसहरुलाई ‘यौनजन्य गतिविधी शुरु गर्नुभन्दा अघि र पछि २० सेकेन्डसम्म मिचिमिचि हात धुन’ भनिएको छ । 

यो सूचनाबारे मानिसहरुले सामाजिक संजालमा हाँसो र ठट्टा शुरु गरेपछी भने जर्जिया विश्वविद्यालयले यो सूचना आफ्नो साइटबाट हटाएको छ।  

उता, यो सूचना हेरेपछि यूनिभर्सिटी अफ मेरिल्याण्डले जर्जििया विश्व विद्यालयको धारण प्रति असहमति जनाउँदै भनेको सेक्सको समयमा मास्क लगाउँदा कोरोना भाइरसको संक्रमणबाट बच्न नसकिने र यदि कोहि एक जनामा संक्रमण भए अर्कोलाई सर्नेकुरा आफ्नो वेवसाइडमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस