aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बच्चाहरुलाई कोरोना भाइरस कम लाग्नुको यस्तो रहेछ खास कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
बच्चाहरुलाई कोरोना भाइरस कम लाग्नुको यस्तो रहेछ खास कारण

वैज्ञानिकहरूले बालबालिकामा तुलनात्मकरुपमा कोरोना भाइरसको संक्रमण कम हुनुको भित्री कारण पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूको अनुसार एउटा विशेष इन्जाइमले त्यसमा भूमिका खेलेको देखिएको छ । 

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार एन्जिओटेन्सिन–कन्र्भटिङ इन्जाइम २ का कारण बच्चाहरूमा कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड १९ रोग कम लागेको हो । 

अनुसन्धानकर्ताहरुले के अनुमान लगाएका छन् भने यो इन्जाइमको कारणले नै बच्चाहरूमा कोरोनासँग लड्न सक्ने शक्ति प्रबल बनेको हो ।  यो यस्तो इन्जाइम हो जुन नाक भित्र हुन्छ । यसै कारणले भाइरस प्रवेश गर्न खोज्दा नै यसले रोक्ने काम गर्छ र शरीर भित्र प्रवेश गर्न दिँदैन । 

अनुसन्धानकर्ताहरुले यो इन्जाइम र कोरोनाको संक्रमणबारे तुलनात्मक अध्ययन गर्न ३०५ जना व्यक्तिहरूको नाकबाट निकालिएको स्वाबको अध्ययन गरेको थिए । यसमा के देखियो भने जति कम मात्रामा त्यो इन्जाइम छ त्यति नै बढी सो व्यक्ति कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना बढ्छ । 

कोरोना भाइरस शरीरमा प्रवेश गर्ने नाक नै प्रमुख मार्ग भएकाले त्यहीको स्वाब निकालिए अनुसन्धान गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । स्वाब संकलन गर्दा आधा दमका बिरामी र आधा श्वासप्रश्वास सम्बन्धी रोग नभएका बिरामीहरू छनौट गरिएको थियो । अनुसन्धानमा सहभागी ३०५ जना ४ देखि ६० वर्ष उमेर समूहका थिए । 

प्रतिक्रिया दिनुहोस