
काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन शुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा शुरु गरेको हो ।
भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लामा उपलब्ध रहेको छ ।
वायर फ्री वाइफाइ उपलब्ध भएका जिल्लाहरु इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा रहेका छन् । त्यस्तै, रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा, पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान, रोल्पा, सल्यान, कैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस