
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यामा केहिदिन अघि राम मन्दिरको भूमि पुजामा सहभागी भएको श्री राम जन्म तीर्थ क्षेत्र कोषका अध्यक्ष महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण भएको छ । उनी हरेक वर्ष कृष्ण जन्माष्टमीको बेला मथुरा आउने गर्छन् । मथुरा यात्राको दौरानमा उनको स्वास्थ्य खराबी देखिए पछि कोरोना परिक्षण गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दासलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अहिले गुरुग्रामस्थित मेदान्ता हस्पिटलमा राखिएको छ । यसअघि अयोध्यामा भएको राम मन्दिर भूमि पूजन कार्यक्रममा उनीसँगै प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी गभर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथलगायतका व्यक्तिहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस