
काठमाडाैं । शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ ।
बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा थप ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
नयाँ संक्रमितहरु इमरजेन्सी वार्डको नभए पनि कुन वार्डको छन् भनेर छुट्याउन बाँकी रहेको अस्पतालले जनाएको छ । इमरजेन्सी वार्ड सिल गरिएको छ ।
गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो । तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए ।
‘रिपोर्ट आउने क्रम जारी छ,’ उनले भने,’ संक्रमितलाई अस्पतालमा राखिएको छ । रिपोर्ट नआएकाहरू घरैमा बसिरहेका छन् ।’
योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस