aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भारतमा टिकटक चलाउनेबारे छलफल हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
भारतमा टिकटक चलाउनेबारे छलफल हुँदै

एजेन्सी । चीनमा आधारित बाइटडान्सले भारतमा टिकटकको व्यवसायलाई अगाडि बढाउन र सपोर्ट गर्नका लागि रिलायन्स इन्डस्ट्रीजसँग प्रारम्भिक छलफल शुरु गरेको छ ।

गत महिना भारत सरकारले टिकटकसहित थुप्रै चिनियाँ एप्स (अनुप्रयोगहरू) लाई प्रतिबन्धित गरिसकेपछि यो नयाँ कदमले टिकटकका प्रयोगकर्ताहरूको सबैभन्दा ठूलो बजारमा शर्ट भिडियो शेयरिङ्ग एपको भाग्य बचाउने टेक क्रन्चको रिपोर्टमा उल्लेख छ ।

टिकटकका भारतमा प्रतिबन्ध हुनु अगाडी २० करोड भन्दा बढि सक्रिय यूजर थिए । भारतको टिकटक बजार करिब ३ अर्ब डलरको रहेको बताईएको छ ।

रिलायन्सले मोबाइल अपरेटर जियोको मुख्य कम्पनी टेलिकम भेन्चर जियो प्लेटफर्म्स लिमिटेड संचालन गर्दछ ।

गत जूनमा भारत सरकारले टिकटक र ५९ अन्य मोबाइल अनुप्रयोगहरूमा प्रतिबन्ध लगाएको थियो जसमा भारतको ‘सार्वभौमिकता र अखण्डता’ यसको कारणले सुरक्षा र सर्वसाधारणमा सार्वजनिक सुव्यवस्थामा सम्भावित खतरा निम्त्याउने बताएको थियो ।

रिलायन्ससँगको सम्झौताले बाइटडान्सलाई अन्तिम प्रयोगकर्ताको गोपनीयता बारेको भारतीय सरकारको चिन्ता शान्त पार्न मद्दत पुर्‍याउन सक्नेछ ।

बाइटडान्सले आफ्ना भारतीय कर्मचारीहरूलाई सुनिश्चित गराउँदै नयाँ दिल्लीको चिन्ता समाधान गर्न भारत सरकारसँग वार्तालापमा रहेको बताएको छ भने देशमा कामदारहरूलाई हटाउने कुनै योजना नरहेको बताएको छ । भारतमा कम्पनीका २ हजार कर्मचारीहरु छन् ।

बाइटडान्सले माइक्रोसफ्टसँग अमेरिकाका साथै केहि छनौट गरिएका बजारमा आफ्नो व्यवसाय बेच्न छुट्टै कुरा गरिरहेको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार दुई कम्पनीहरूले युरोप र भारत लगायत अन्य बजारहरूमा टिकटकको व्यवसाय समावेश गर्न सम्झौताको दायरा फराकिलो पारेका छन् ।

प्रतिक्रिया दिनुहोस