aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज पनि थपिए ५९४ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
आज पनि थपिए ५९४ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा ५९४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५९४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

नयाँथपिएका संक्रमित धनुषामा ५५, मोरङ ६३, सुनसरी २४, सप्तरी १४, झापा ९, सिरहा ३, महोत्तरी २४ , सर्लाही १४, सिन्धुली ११, सिन्धुपाल्चोक १, रौतहट ५ , उदयपुर १, बारा २४ , पर्सा ७१, भक्तपुर ६, काठमाडौँ ८३, ललितपुर ३०, नुवाकोट १, बाजुरा १, चितवन १४ , धादिङ १, हुम्ला १, कैलाली ४, मकवानपुर १८, रुपन्देही १४, नवलपरासी पूर्व २, तनहुँ २२ , दोलखा १, कास्की १, लमजुङ १, पर्वत १, स्याङ्जा १, दाङ १, बाँके २२, बर्दिया ५, सुर्खेत २१, कपिलवस्तु ५, अछाम ६, कैलाली ५, कञ्चनपुर २, सल्यान १, दैलेख ३ र बझाङमा १ जना रहेका छन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ रहेको छ । जसमा १७ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस