aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आखिर जित्यो स्विडेनले कोरोना, हामीले पनि केही सिक्ने की ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
आखिर जित्यो स्विडेनले कोरोना, हामीले पनि केही सिक्ने की ?

पश्चिमा मिडियाहरूले विभेदपूर्ण ढंगले कोरोना विरुद्धको युद्धका बारेमा समाचार पस्किएको मुलुक हो, स्विडेन । युरोपभरि कोरोनाले आतंक मच्चाएको बेला स्विडेनले भिन्नै ढंगले त्यससँग लड्ने कोसिस गर्‍यो । धेरैलाई यो मन परेन र आलोचना युक्त टिप्पणीहरू सार्वजनिक भइरहे । 

खासमा, स्विडेनले लकडाउन स्विकारेन । लकडाउन प्रिय लाग्नेहरूलाई स्विडेनले आफूलाई जिस्क्याए जस्तो लाग्यो । अनि, आरोप लगाए–स्विडेनले वर्बाद पार्‍यो । अनाहकमा लाखौँ मर्ने भए । तर, त्यहाँ त्यस्तो भएन । किनकि तंथ्याकले देखिएको छ तुलनात्मकरुपमा बेलायत  र लकडाउन नै सर्वोत्कृष्ट विधि हो भन्ने मुलुकहरू भन्दा त्यहाँको मृत्युदर कम छ । 

स्विडेनमा फरक तरिका अवलम्बन गर्न प्रेरित गर्ने रणनीतिकार एन्डर टेगनेलले धेरै आलोचनाहरू यसबिच खेपे । कतिपय सन्दर्भमा त उनले मेरो भनाइको तात्पर्य त्यो होइन भन्दै तोडमोड गरी प्रसारण गरिएका अन्र्तवार्ताहरुको बारेमा थप स्पष्टीकरण नै दिनुपर्‍यो । 

अहिले अरू धेरै देशहरूले लकडाउन गरेर आफ्नो अर्थतन्त्र डामाडोल पार्दासमेत त्यहाँ संक्रमण रोकिने कुनै छाटकाट छैन । तर, स्विडेनमा भने मृत्यु हुनेको संख्या लगभग शून्यतिर झरेको छ । त्यति मात्र होइन फेरि दोहोरिएर संक्रमण बढ्ने सम्भावनासमेत त्यहाँ अत्यन्तै कम छ । जबकि सरकारले सचेततापूर्वक केही प्रतिबन्धहरू कायम राखेको छ । र, फेरि संक्रमण नफैलेओस् भनने कुरामा ध्यान पुर्‍याएको छ । 

अहिले भने टेलिग्राफ लगायतका प्रकाशनहरुले समेत स्विडेनको प्रशंसामा लेखहरू प्रकाशित गर्न थालेका छन् । हालै प्रकाशित एक लेखमा स्विडेनले कमभन्दा कम आर्थिक क्षतिमा कोरोना विरुद्धको युद्धमा सफलता पाएको भन्दै बेलायतको स्वास्थ्य निकायहरूको असक्षमताबारे टिप्पणी गरिएको छ । 

उल्लेखनीय कुरा त यो हो की त्यो लेखका स्तम्भकार एलिस्टर हेथ ती स्वास्थ्य अधिकारी हुन् जसको सल्लाह बेलायतका प्रधानमन्त्रीलेसमेत मान्ने गर्छन् । 

यसबाट यो निष्कर्ष निकाल्न सकिनछ की स्विडेनले अपनाएको विधि सोह्र्रैआना ठिक थियो । त्यसैले स्विडेनका सरुवा रोग विज्ञ टेग्नेलले लागू गरे त्रिशुत्रिय विधि– प्रतिव्यक्ति मृत्यु कम गर्ने, आधारभूत अधिकार र अवसरहरूको रक्षा गर्ने अनि विद्यालय लगायतका सस्थाहरु पनि खोल्दै आर्थिक मन्दि कम गर्ने ।  

वास्तवमा पश्चिमा मुलुकहरू जसले कोरोना भाइरस विरुद्धको युद्धमा इतिहासकै ठेलो भुल गरे तिनीहरूले आज लाजले टाउको निहुराउनु पर्ने भयो । इराक, अफगानिस्तानको भन्दा कमजोर तरिकाले विश्वका धनी र सुविधा सम्पन्न भनेका देशहरूले यस विरुद्धको युद्धमा प्रस्तुति गरे । अर्थतन्त्र तहसनहस पारे । लाखौँ लाख मानिसहरूलाई बेरोजगार बनाए । 

ती देशहरूले जनताका सार्वभौम आदिकारमाथि मात्र कुठाराघात गरेनन् बरु मानिसहरूलाई भोकले मर्नु बाध्य बनाए । साना भन्दा साना रोगमा समेत नपाएर मानिसहरू मर्नुपर्‍यो । मानसिक तनावले लाखौँ लाख मानिसहरू आत्महत्याको बाटो रोज्न बाध्य भए । 

हो, यी खालका महामारीहरू ठुलो आर्थिक र सामाजिक क्षति पुर्‍याउने गरी आउँछन् । खोप पत्ता नलागेका यस्ता रोगहरूसँग लड्ने उपाय भनेको मानिसहरूले सामाजिक दुरी कायम राख्ने र स्वस्फूर्तरुपमा आफरले आफूलाई स्वयंसेवक घोषणा गर्दै यस विरुद्ध उभिने हो । तर, धेरै देशहरूले त्यो बाटोमा रोजेनन् । मानिसहरूलाई अधिकारबाट वञ्चित गराइयो अनि, बलजफ्ती घरमै थुनिन बाध्य पारियो । 

कोरोनासँग गलत ढंगले लड्ने सबैजसो मुलुकका शासकहरूले यसलाई आफ्नो सत्ता झन् बलियो पार्ने र आर्थिकरुपमा राज्य कोषको अर्वौँ रुपियाँ निजी सम्पत्तिका रूपान्तरित गर्ने अवसरकारुपमा प्रयोग गरे । हाम्रो देश नेपालसमेत यो प्रवृत्तिबाट अछुतो रहेन । 

स्वास्थ्य मन्त्रालयले अपारदर्शी ढंगले रकम खर्च गर्ने क्रम जारी नै राखेको छ । खरिद प्रक्रियामा अहिले पनि महँगो किन्ने सस्तोलाई अस्वीकृत गर्ने क्रम जारी नै छ । अनि, नेपालको अर्थतन्त्र नराम्ररी धरासयी बनिसकेका छ । लाखौँ मानिसहरू बेरोजगार बनेका छन् । साना व्यावसायहशरु दिनप्रति बन्द हुँदै गएका छन् । 

तर स्विडेनमा भने स्थिति फरक छ । मानिसहरूले अपेक्षा गरेजस्तो त्यहाँको अथैतन्त्र कमजोर भएन । बरु तुलनात्मकरुपमा निकै दरबीलो अवस्थामा छ । स्विडेनको अर्थतन्त्रमा ३/४ प्रतिशतको गिरावट आउने अनुमान गरिएको छ । जबकि बेलायत २२.२ प्रतिशतको आर्थिक गिरावटमा पुगिसकेको छ । फ्रान्स १९ प्रतिशतको आर्थिक क्षतिमा छ भने इटाली १७ प्रतिशत । मानवीय क्षतिकै कुरा गर्ने हो भने पनि यी तिन वटै देश स्विडेन भन्दा धेरै बढी मानिसहरू ज्यान गुमाउन बाध्य भए । जबकि स्विडेन अहिले पनि सुरक्षित छ जसले भाइरसलाई नियन्त्रित ढंगले फैलन दिइरहेको छ । र, सबै नागरिकमा कोरोना प्रतिरोधी क्षमता विकास गर्न योजनाबद्ध तरिकाले क्रियाशील छ । 

के नेपालले यसरी सोच्दा हुँदैन ? अवश्य पनि हुन्छ, अनि हामीसँग रहेको विकल्प पनि त्यही मात्र हो । अहिले हामीले कोरोनाको जोखिममा रहेका समूहलाई सुरक्षित गर्दै स्वस्थ र काम गर्न सक्ने (१८ देखि ४५ वर्षसम्मका) नागरिकहरू सङ्क्रमणमा जान तयार हुने हो भने एक ढंगले आर्थिक गतिविधि चलायमान राख्न सक्छौँ । सचेतता पूर्वक रोगी, बालबालिका र बृद्धहरुलाई सुरक्षित गर्ने योजना निर्माण गर्नुपर्छ । यदि जोखिममा रहेको समूहका मानिसहरूलाई संक्रमण भइहाल्यो भने उनीहरूको उपचारका लागि आवश्यक व्यवस्था गर्नुपर्छ ।  
 

प्रतिक्रिया दिनुहोस