aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रदेश नं ५  सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
प्रदेश नं ५  सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले जानकारी दिए । 

मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ । मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए । मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस