aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आज पनि थपिए ४६८ जना कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ साउन २०७७
आज पनि थपिए ४६८ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा ४६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४६८ जना नयाँ संक्रमित थपिएका हुन् ।    

नयाँ थपिएका संक्रमित काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् । यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए । २४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस