aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कारोनाका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ साउन २०७७
कारोनाका कारण थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।  

प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुष, पर्साको विरगञ्ज महानगरपालिका १२ निवासी ६० वर्षीय पुरुष र धनुषाको जनक नन्दनी गाउँपालिका ४ निवासी ५० वर्षीय पुरुष रहेका छन् । 

हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस