
एजेन्सी । विश्वको पहिलो कोरोना खोप बनाएको दाबी गरेपछि रसिया अब बाँकी विश्वलाई पनि यो खोप बनाउन सहयोग गर्न खोजिरहेको छ । रूसी अधिकारीहरूले सीएनएनलाई दिएको जानकारी अनुसार कोरोना भाइरस खोप सम्बन्धी अमेरिकी अपरेसन वार्प स्पीडमा सहयोग गर्ने प्रस्ताव गरेका थिए । कोरोनाको उपचार र जनतालाई प्रभावकारी खोप वितरणको लागि अमेरिकाले अपरेसन वार्प स्पीड एजेन्सी स्थापना गरेको छ ।
अमेरिकाले रसियाले दिनु कुनै पनि स्वास्थ्य सहायता लिन अस्वीकार गरेको छ । एक वरिष्ठ रूसी अधिकारीले सीएनएनलाई भने, “अमेरिका प्रायः रसियाको बारेमा सचेत रहन्छ, र मलाई लाग्छ खोप, परीक्षण र उपचार जस्ता प्रविधिमा हाम्रो सहयोग नलिई पनि त्यो अविश्वासको परिणाम हो । ’’
ह्वाइट हाउसका प्रेस सचिव कायल म्याकनीका अनुसार राष्ट्रपति ट्रम्पलाई रसियन खोपको बारेमा जानकारी गराइएको थियो । म्याक्नीका अनुसार अमेरिकी खोप कडा तीन तीनको परीक्षण र उच्च मापदण्डका साथ तयार भइरहेको छ । अर्का अमेरिकी अधिकारीले सीएनएनलाई भने, अमेरिकाले रसियाको आधाउधू खोपलाई गम्भीरतासाथ लिन सकेन । अमेरिकी सार्वजनिक स्वास्थ्य अधिकारीले भने, “रूसले खोप बनाइसकेको छ, हामी त्यो खोप बाँदरमा प्रयोग गर्छौं । ’’
रूसी अधिकारीहरूले उनीहरू आफ्नो खोपको बारेमा जानकारी शेयर तयार छन् । अमेरिकी औषधि कम्पनीहरूले आफ्नो देशमा पनि रसिया खोप लगाउन सक्छन् । केही अमेरिकी कम्पनीहरूले रसियाको खोपको बारेमा जान्न चासो देखाएका छन् तर उनीहरूले यी कम्पनीहरूको नाम लिएनन ।
एक वरिष्ठ रूसी अधिकारीले सीएनएनलाई भने, “यदि हाम्रो खोप सबैभन्दा प्रभावकारी साबित भयो भने अमेरिकामा प्रश्न उठ्नेछ किन भने उनले यस विकल्पलाई गहिरिएर ध्यान दिएन ।’’ किन खोपमा राजनीति गरियो ?
अमेरिकी सरकारका एक सल्लाहकार र एक वरिष्ठ अधिकारीले सीएनएनका अनुसार अमेरिकाले रुसको कोरोना खोपको कुनै नमूना लिन आग्रह गरेको छैन । यो खोपका बारे प्रश्न गर्दै उनले भने, ’रसियामा अहिले यति धेरै बिरामीहरु रहेको छन त्यसैले उसले सजिलैसँग आफ्नो खोपको क्लिनिकल परीक्षण गर्न सक्यो । तर उनले त्यो ठूलो मात्रामा गरेन ।’’
अमेरिकी अधिकारीले भने, ’कुनै भ्याक्सिन परीक्षण गरिएको छैन । रुसले यो खोपमा एकदम थोरै काम गरेको छ । मानव परीक्षणहरू पनि थोरै मानिसहरुमा गरिएको छ । यो खोप ठूलो जनसंख्यामा प्रभावकारी हुनेछ कि छैन भनेर प्रकट छैन । ’’
अमेरिकी प्रशासनका अर्का वरिष्ठ अधिकारीले रूसी खोपलाई एक ठट्टा भनेर चिनाए र भने रसियाले आफ्नो दोस्रो चरणको परीक्षण पूरा गरिसकेको छैन । त्यसैले विश्व स्वास्थ्य संगठन वा संयुक्त राज्य अमेरिकाले यसलाई गम्भीरताका साथ लिएको छैन । अमेरिकी अधिकारीहरु लाई रसियाको खोपभन्दा चीनको खोपमा बढी विश्वास छ । ’
अमेरिकी सरकारका सल्लाहकारले भने, ’चीन खोप दौडमा विजयको सब भन्दा नजिक छ । चीनको खोप परीक्षणको बारेमा बढी गम्भीर छ र पूर्ण जिम्मेवारीका साथ आफ्नो भूमिका खेल्दै छ ।’
अमेरिकी अधिकारीहरू वर्तमान परिस्थितिको फाइदा लिन रूसले हतारमा यो खोप लगाएको विश्वास गर्छन् । कोरोना भाइरसको कारण त्यहाँ पुटिनले धेरै सार्वजनिक दबाव दिएका थिए । पूर्व अधिकारीले भने, “कसैले पनि यस खोपको प्रभावकारिताको बारेमा पुटिनलाई प्रश्न गर्ने आँट गर्न सक्दैन ।’’
प्रतिक्रिया दिनुहोस