
काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत मोरङकी ५० वर्षीया महिला रहेकी छिन् ।
उनलाई एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।
मृतकको शवको व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको अस्पतालका एक चिकित्सकले जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस