
काठमाडौं । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई जनामा कोरोना भाइरसको संक्रमण भएको छ । प्रहरी अस्तपालमा कार्यरत दुई डीआइजीहरूमा कोरोना भाइरसको संक्रमण भएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा १४० जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस