काठमाडौं । नेपालमा ६४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६४१ जना नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । २४ घन्टामा १३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ । २४ घन्टामा १२ हजार २४७ परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस