aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कोरोना भाइरस कति खतरनाक ? अध्ययनले खोल्यो नयाँ तथ्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
कोरोना भाइरस कति खतरनाक ? अध्ययनले खोल्यो नयाँ तथ्य

कोरोना भाइरसले धेरैलाई अलमल्यायो । यसले शरिरमा प्रवेश गरेपछि के के गर्छ र हाम्रा कुन कुन अंगलाई कसरी क्षति पुर्याउछ भन्नेबारेको अन्यौलता विष्त ८ महिना यता अझै पनि कायमै छ । 

कोरोना संक्रमित आधा जति मानिसमा त यसको लक्षन नै देखा परेको छैन । त्यसैले युवाहरु थोरै मात्र संक्रमित भएका छन् अनि उनीहरुबाट नै सबैतिर यो फैलिरहेको छ । 

इन्डिआना विश्व विद्यालयको स्कुल अफ मेडिसिनले आलै गरेको एक अध्ययनमा अनौठो तथ्य फेला परेको छ । जसअनुसार लामो समयसम्म कोरोनाको संक्रमण रहेका मानिसहरुको तालु खुइलिने गरेको पत्ता लाग्यो । र, यस्तो असर महिला पुरुष दुबैमा देखिएको छ । 

सो विश्व विद्यालयका डाक्टरहरुले कोरोना संक्रमणबाट मुक्त भएका मानिसहरुसँगको अन्तक्रिया पछि यस्तो नतिजामा पुगेका हुन् । 

अमेरिकाको संक्रमण रोग नियन्त्रण विभागका अनुसार कोरोना संक्रमणका १७ वटा प्रमुख लक्षणहरु हुन् । तर, कोरोना जितेका १५ सय भन्दा बढी मानिसहरुले बताएअनुसार ९८ प्रकारका लक्षणहरु कोरोना संक्रमणबाट देखा परेका छन् । 

डाक्टर नटाली लाम्बर्टद्धारा जारी विज्ञप्ती अनुसार देखा परेका नयाँ लक्षणहरुमा स्नायु/नसा दुख्ने, ध्यान केन्द्रित गर्न नसकिने, सुत्न गाह्र्रो हुने, आँखा धमिलो हुने र कपाल झर्ने लगायतका छन् । 

त्यहाँको संक्रमण रोग विभागले उल्लेखित लक्षणहरुलाई कोरोना भाइरसको संक्रमणको लक्षणको सूचिमा राखेको छैन । यसबाट के देखिन्छ भने कोरोना भाइरसले पार्ने असर अहिले मानिसहरुले अनुमान गरेभन्दा धेरै छ । 

रिपोर्टमा अनुसन्धानकर्ताहरुले लेखेका छन्, ‘संक्रमित रोगीहरुको अनुभव र स्वास्थ्य अधिकारीहरुको भनाईका बिच धेरै कुराको तालमेल मिलेको छैन ।’ स्वास्थ्य अधिकारीहरुले भने प्रायः सबैजसो संक्रमितहरुमा देखिने गरेको लक्षणलाई मात्रै मान्यता दिएको देखिन्छ । जस्तो की थकाई लाग्ने, शरिर दुख्ने, सास फेर्न गाह्र्रो हुने इत्यादी । 

तर, उल्लेखनिय कुरा त यो छ की, धेरैजासो संक्रमितहरुले संक्रमणको समयमा आफ्नो ध्यान केन्द्रित नहुने, शरिर चलाएमान राख्न नसकिने, सुत्न गाह्र्रो हुने जस्ता लक्षण आफूले अनुभव गरेको बताएका छन् । 

त्यसबाहेक इन्डियाना विश्व विद्यालयका अनुसन्धानकर्ताहरुको भनाई छ, ‘कोरोनाले मस्तिष्कमा, सम्पुर्ण शरिर, जोर्नी, आँखा र छालामा समेत ठुलो मात्रामा असर गर्ने गरेको पाइएको छ ।’ 


 

प्रतिक्रिया दिनुहोस