aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

हतारमा बनाइएको खोप लगाएमा के हुन्छ : अष्ट्रेलियन विज्ञ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
हतारमा बनाइएको खोप लगाएमा के हुन्छ : अष्ट्रेलियन विज्ञ

एजेन्सी । अष्ट्रेलियाका बरिष्ठ डाक्टर तथा अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका प्रोफेसर पीटर कोलिंगनले हतारमा बनाएको भाइरसले काम गर्न नसक्ने बताएका छन् । भाइरसले काम नगर्ने मात्र होइन यसको साइड इफेक्टका रुपमा पक्षाघात जस्ता गम्भीर समस्याहरू आउन सक्ने उनले चेतावनी दिएका छन्। विश्व स्वास्थ्य संगठनसँग काम गरिसकेका माइक्रोबायोलाजिष्ट लिग्ननले एक वर्षभन्दा कम समयमा कोरोना खोप उत्पादन गर्दा फाइदाभन्दा बढी हानि हुन सक्ने बताएका छन् ।

प्राध्यापक पिटर कोलिग्नन भन्छन्, अष्ट्रेलियाले एक बर्षसम्म खोप लिन सक्नेछैन र सरकारले विदेशबाट खोप किन्न हतार गर्नु हुँदैन। यसभन्दा पहिले अष्ट्रेलियामा प्रश्नहरू उठेका थिए । अन्य देशहरूसँग सम्झौता नगरेको कारण यो देश खोपबाट वञ्चित हुन सक्छ।

डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार प्राध्यापक पीटर कोलिग्ननले  पूर्ण रूपमा नपढाईएको खोपले सुरक्षा प्रदान गर्न सक्दैन र मानिसहरू निमोनियाबाट ग्रस्त हुन सक्छन्। यसको सबैभन्दा खराब साइड इफेक्ट भनेको पक्षाघात जस्ता रोग पनि भ्याक्सिनले गर्दा हुन सक्छन । 

प्रोफेसर पिटर कोलिग्ननले भनेका छन, ५०० हजार मध्ये एक जनामा नराम्रा नतिजा भोग्न सक्छन । तर जब तपाईले यो खोप १० लाख मानिसहरूलाई लगाइएको खोपमा २०० जना मानिस पक्षाघातको शिकार बने भने के हुन्छ ? 

एक सुरक्षित खोप अर्को वर्ष जति सक्दो चाँडो आउन सक्ने सम्भावन छ । किनकि हजारौं व्यक्तिहरूमा खोपको परिक्षण गर्न धेरै महिना लाग्छ  । सुरक्षित खोपको खोजी पूरा भएपछि पनि महामारी समाप्त हुन अझै धेरै वर्ष लाग्ने सक्छ । 

प्रतिक्रिया दिनुहोस