aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'अन्तरिक्षमा नेपालको सहभागिता गौरव'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
'अन्तरिक्षमा नेपालको सहभागिता गौरव'

काठमाडौ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उहाँले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गर्नुभएको छ ।     
     
उपराष्ट्रपतिले भू–उपग्रह प्रक्षेपणको सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नस्ट) र नेपाली वैज्ञानिकलाई धन्यवाद दिँदै सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले ‘नेपाली स्याट–१’ को प्रक्षेपण पूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकमा शुभकामना व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । नेपाली स्याट–१ को प्रक्षेपणसँगै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ । रासस   
    
 

प्रतिक्रिया दिनुहोस