aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

क्रिकेट वल्ड कपको अवसरमा सुबिसुको अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
क्रिकेट वल्ड कपको अवसरमा सुबिसुको अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्ड कपको अवसरमा सुबिसुको नयाँ अफर सुरुआत गरेको छ । 

आइसीसी वल्र्डकपको अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको हो । विश्वको लोकप्रिय खेल क्रिकेट वल्र्ड कप २०१९ लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरुमाझ ल्याएको जनाएको छ । 

नेपाली दर्शकले अब मात्र रु. २५८ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एच.डि च्यानलहरु हेर्न पाउने छन् । साथै क्लियर टिभी (२४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डि च्यानलहरु) र २५ एमबीपिएस इन्टरनेट सेवा मात्र रु.१ हजार २ सय १६ प्रति महिनामा  प्राप्त गर्न सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस