
काठमाडौं । नेपालमा ५८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५८१ जना नयाँ संक्रमित थपिएका हुन् ।
याे सँगै नेपालमा हालसम्म काेराेना संक्रमितकाे संख्या २७ हजार २ सय ४१ पुगेकाे छ । यसैगरी पछिल्लाे २४ घण्टामा १६० जना काेराेना संक्रमित निकाे भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ जना काेराेना मुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस