aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण काठमाडौंमा एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
कोरोनाका कारण काठमाडौंमा एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण काठमाडौँ भोटाहिटीकी ५८ वर्षीया महिलाको मृतयु भएको बताएका हुन् । 

साउन २८ गते भर्ना भएकी ती महिला आज बिहान १० बजे निधन भएको छ । श्वास लिन कठिनाइ भएपछि अस्पताल भर्ना भएकी उनी पहिलेदेखि मधुमेहबाट ग्रसित थिईन् । उनको कोभिड–१९ को परीक्षण गर्दा साउन ३० गते रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस