aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गभर्नर अधिकारी होम क्वारेन्टिनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
गभर्नर अधिकारी होम क्वारेन्टिनमा

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै उनी होम क्वारेन्टिनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन् । ती दुई कर्मचारीलाई गभर्नरले भेटेका कारण उनी होम क्वारेन्टिनमा बसेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिदिन कोरोना संक्रमित बढेपछि उनी सतर्कता अपनाउँदै घरमै बसेका हुन् ।  घरैबाट उनले कार्यालयको काम गरिरहेका छन् । 

अहिलेसम्ममा राष्ट्र बैंकका चार जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई संक्रमण देखिएको हो । 

गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको परीक्षण गरिएको थियो । यसै क्रममा अर्का एक जनालाई पनि पोजेटिभ देखिएको हो । 
 

प्रतिक्रिया दिनुहोस