aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

  • रासस
    रासस
  • सोमबार, ०१ भदौ २०७७
वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

काठमाडौं । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् ।  कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएको उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । 

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे । हेटौँडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेको जनाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ  । 

प्रतिक्रिया दिनुहोस