aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उद्दार उडान रद्द गर्न सीसीएमसीको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
उद्दार उडान रद्द गर्न सीसीएमसीको निर्देशन

काठमाडौं । पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्थालाई मध्येनजर गरेर कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले उद्दारका उडानहरू रद्द गर्न निर्देशन दिएको छ । 

उद्दार गरेर आएका नेपालीलाई होटलको व्यवस्थापनदेखि सुरक्षित रुपमा ल्याउनेसम्मको काम गर्नुपर्ने भएकोले हाललाई उडान स्थगित गरिएको हो । सरकारले ५औं चरणको उद्दार उडान शुरु गरेसँगै सीसीएमसीले अर्को निर्णय नभएसम्मका लागि उद्दार उडान रद्द गरेको हो । सीसीएमसीको निर्देशनमा सम्पूर्ण उद्दारका उडानहरू रद्द गरिएको हो । 

नेपाल एयरलाइन्सका अनुसार सोमबार रातिका लागि तय भएको काठमाडौं– दुबईको उडान भने यथावत नै रहेको छ । विद्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै  उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको हो । सो पत्र सीसीएमसीले विदेशस्थित दुतावासलाई समेत पत्राचार गरेको छ ।

पर्यटन मन्त्रालयले अवाश्यक व्यवस्था मिलाइरहेकोले सबै तयारी गरेर एकदुई दिनमै पुनः उडान खुलाउने निर्णय पनि हुन सक्ने बताएको छ । काठमाडौंमा संक्रमण दर उच्च हुँदै गएको र स्थानीय तहबाट हरेक टोल र वडा सिल हुन थालेकोले केही समयको लागि सबै चार्टर्ड उडान स्थगित गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस