aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कारोनाका कारण थप एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
कारोनाका कारण थप एकको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुष रहेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार ती पुरुषको सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनमा निमोनियाका देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस